२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

कञ्चनपुरको कृष्णपुरमा ८ करोड बढीको खानेपानी योजना : उपभोक्ता समिती गठन मै विवाद

कञ्चनपुर,३१ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको एक खानेपानी योजनाको कार्य विवादमा आएको छ ।  वडा नम्बर १ र २ मा संघिय सरकारले बजेटमा खानेपानी तथा ढल निकास योजना अन्र्तगत अहिले विवादमा आएको हो ।

८ करोड १६ लाखको लागत रहेको खानेपानी योजनाको उपभोक्ता समिती तथा अनुगमन समिती गठनमै विवाद आएको हो । वडा नम्बर १ र २ भित्र पर्ने निगाली,वण्ड , मोतिबस्ती र बंकका उपभोक्तालाई खानेपानीकाको अभाव पुर्तिका लागि आएको योजनामा उपभोक्ता समिती गठन मै चालखेल भएको स्थानीयले आरोप लगाएका छन् ।   कृष्णपुर नगरपालिका वडा नम्बर १ ले खानेपानी योजनाका लागि उपभोक्ता समिती गठन प्रक्रियामै मनोमानी गरेको आरोप लागेको छ।  

कृष्णपुर नगरपालिका १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले गठन प्रक्रियामा विवादकै बिच साम्झौता नै नगरी मिलेमतोमा समिती गठन गररे संघिय खानेपानी तथा ढल निकास कार्यालयमा पत्र पठाएका हुन् । तर वडा अध्यक्ष बस्नेतले समिती गठनमा कुनै मिलेमतो नरहेको दाबी गरेका छन् ।

राजनितिक रुपमा आफ्नो मान्छे नपरेको र विकास नहेरी कसरी ८ करोड आफ्नो बनाउने भन्ने सोच भएका केहि मान्छेहरुले समाजिक सञ्जालमा भाईरल बनाएको बताए  । समितिमा आफुलाई नसमेटेको भन्दै यर्थाथ नबुझि हचुवाको भरमा पैसा कमाउने सडयन्त्र रहेको वडा अध्यक्ष बस्नेतले बताए  ।

वडाको सुचना अनुसार योजनाको उपभोक्ता समिती गठन भएको समितीका अध्यक्ष सुचित्र साहले बताए । तर अध्यक्ष कै उमेदवारी दिएका लभदेब पन्तले त्यस्तो केहि नभएको उपभोक्ताको सहमती नै नभई समिती गठन वडाले सिफारिस गरेको तथा पहिले नै च्यानल मिलाएर समिती गठन गर्ने एउटा प्रक्रिया मात्रै भएको बताए ।

एक अर्काको जति नै आलोचना गरेपनी सबै एउटै भएको र दुबै पक्ष बिच भागभण्डामा कुरा नमिलेको र झट्ट हेर्दा केपी शर्मा ओलि र पुष्पकमल दाहान प्रचण्डको कुरा नमिले जस्तै भएको स्थानियले आरोप लगाएका छन्।  

यसरी कमिसन र पदको लालचमा विकासका काम सुरु नभएको र सुरु भएका योजना अलपत्र पर्ने गरेका छन् । कमिसनका लालचिहरुको पहिचान गरी काबाहीको दायरामा ल्याउन जरुरी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।