२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

बिहीबार सुदूरपश्चिममा २०७ जना संक्रमित निको

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा बिहीबार ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरका २ जना, कैलाली, डडेल्धधुरा, अछाम र बाजुराका १र१ जना गरि ६ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।यी दुवै विधिबाट गरिएको परिक्षणमा २२५ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८८ जनाको नमूना परीक्षण गर्दा ८६ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा २ जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा १८ जनाको नमूना परीक्षण गर्दा ४ र बैतडी अस्पतालमा २७ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४३ हजार २११ नमूना परीक्षण गर्दा ४२ हजार ३३७ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३२ हजार ४०५ जनाले कोरोना जितेका छन् भने, ५५१ जनाको मृत्यु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।