२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कैलालीको अत्तरिया चोकमा मर्मतको काम सुरु

कैलालीको अत्तरिया चोकमा मर्मतको काम सुरु भएको छ। वर्षातमा हिलाम्मे र सुख्खामा धुलाम्मे हुँदै आएको चोकको मर्मतको काम सुरु भएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत सडक मर्मतको काम थालिएको हो।

वैशाख पहिलो सातादेखि मर्मतको काम सुरु हुने बताइएकोमा निषेधाज्ञाका कारण ढिलो भएको हो।भुवन निर्माण सेवाले ९० लाखमा सडक निर्माणको काम सुरु गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए।

उनले चोकमा कालोपत्रे गरिँदा ६ लेन सडक कै लेवल मिलाइने बताए । कालोपत्रेका लागि अलकत्रा प्लान्टबाट नै तयारी अवस्थामा आउने भएकाले धेरै समय नलाग्ने  र मौसमले साथ दिएमा काम असार मसान्त भित्रमै सकिने  उनको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।