२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

गरे के हुन्न? महामारीबीच घर-घरमा पानी

सिन्धुली- पानी दैनिक जीवनको अति नै आवश्यक प्राकृतिक स्रोत हो, जुन प्राकृतिक वातावरणमा व्यापक रुपमा फैलिएको छ । पानी विभिन्न किसिमको पारिस्थितिकीय पद्धतिको सन्तुलनसँगै मानव स्वास्थ्यको सन्तुलनको पक्षका लागि पनि महत्वपूर्ण छ । त्यसैले त नागरिकलाई सरकारले ‘एक घर, एक धारा’ को अभियान ल्यायो । तर यो अभियान यतिबेला नारामा नै सीमित छ ।

नागरिकले सहजताका साथ खानेपानी पाउन सकेका छैनन् । स्थानीय सरकार नागरिकको समस्याबारे बेखबर छ । तर, सिन्धुलीको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले महामारीमा पनि नगरवासीलाई खानेपानी सहजताका साथ प्रदान गरेपछि उपभोक्ता खुसी भएका छन् । 

पानी मानव स्वास्थ्य र सरसफाईका लागि अत्यन्तै महत्वपूर्ण प्राकृतिक स्रोत हो । खानेपानी प्राण पनि हो । अझ, अहिले महामारीको समयमा सरसफाई लगायतका कामका लागि पानी अपरिहार्य छ ।  सिन्धुलीको कमलामाई नगरपालिकामा भने पानी नहुँदा काकाकुल अवस्थामा बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यो समस्याको समाधान स्थानीय सरकारले गरेको होइन । यो त शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कार्यक्षेत्रमा उपभोक्तालाई सहजताका साथ खानेपानी वितरण गर्दै आएको छ । विगतमा खोलामाको पानी उमालेर पिउदै आएका नागरिक यतिवेला घर-घरको धारमा पानी थापेर उपभोग गर्दै आएका छन् । संस्थाले पानीको व्यवस्थापन गरिदिँदा उपभोक्ताको जीवनयापन समेत सहज भएको छ ।

स्थानीय सरकारले नगरवासीको खानेपानीको समस्या समाधान गर्न कुनै चासो नदेखाएपनि संस्थाले प्रदेश र संघीय सरकारसँग हारगुहार गर्दै खानेपानीका संरचना थप्दै र पानीका स्रोत बटुल्दै आएको छ । घरमा धारा जडान गरेपनि पानी नआउँदा आजित भएका उपभोक्ता यतिवेला पानीको सहज व्यवस्थापन भएपछि मख्ख छन्  ।

संस्थाले २४ सै घण्टा उपभोक्ताको धारामा पानी पुर्‍याउने लक्ष्य  लिएको छ ।मानिसको चाप दिनप्रतिदिन बढीरहँदा खानेपानीको समस्या हुन नदिन स्थानीय सरकार चनाखो हुनु पर्ने हो । तर, त्यसो भएको पाइँदैन ।  वडाको समन्वयको भरमा खानेपानीको व्यवस्थापनको काम हुँदै आएको छ ।

संस्थाले कमलामाई नगरपालिकाका ४, ५, ६ र ७ नं. वडामा ४२ सय घर धुरीलाई खानेपानी वितरण गर्दै आएको छ । प्राकृतिक प्रकोप र प्राकृतिक स्रोतमाथि दोहन बढदै जाँदा पानीका भूमिगत स्रोत नभेटिएपछि खानेपानीको अभाव पुनः बल्झन सक्छ । त्यसैले जनताको दैनिक जीवनयापन बनेको पानीको व्यवस्थापनमा स्थानीय सरकार गम्भिर बन्न जरुरी छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।