शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को कृष्ण सामुदायिक बनको पुर्वपट्टि रहेको बनहरा नदिको छेउमा बस्दै आएका सुकुम्बासीहरु लाई राहत बितरण गरिएको छ ।



मंगलबार शुक्लाफाटा नगरपालिका का वडा नम्बर ११ का वडा अध्यक्ष दिल बहादुर बुढा,शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ कै वडा सदस्य जय बहादुर बिष्ट,रास्टृय भुमिअधिकार मंच सुदुरपश्चिम् प्रदेश का सचिब रामबहादुर चुनारा,लगायत को उपस्थिति मा राहत सामाग्री बितरण गरिएको छ । बैशाख १६ गते देखी कोरोनाको कारण अधिराज्य भर लागू भएको लकडाउन र निशेधाज्ञा को कारण मारमा परेका गरिब,बिपन्न,पिछडिएका बर्ग,मजदुर,सुकुम्बासी,आरक्ष पिडित लगायत सामान्य जनजीवन निर्वाह गरिरहेका नागरिक यस्को प्रत्यक्ष मारमा परेका छन ।
दोस्रो चरण को कोरोना महामारी को संक्रमणको न्यूनीकरण का लागि राज्यले गरेको लकडाउन र निधेधाज्ञा को कारण भोकमरी को मारमा परेका बिपन्न बर्गका परिवार लाई जिबिकोपार्जन गर्न सहज पुगोस भन्ने उद्देश्यका साथ राहत सामाग्री प्रदान गरिएको सुप प्रदेश सामाजिक अभियन्ता राजेन्द्र ताम्राकार ले बताए ।
राहत सामाग्री अन्तर्राष्ट्रिय मानवता समुह का केन्द्रिय सयोजक, ओएस नेपालका निर्देशक श्री एच बि ताम्राकार,को पहलमा प्रदान गरिएको थियो भने राहत बितरण कार्यक्रम मा एल बि बिस्वकर्मा लगायत राष्ट्रिय भुमि अधिकार मंच को सहजीकरण एवम समन्वयमा बनहरा का सुकुम्बासी २६ परिवार लाई खाद्यान्न बितरण गरियो । बितरण गरिएको राहतमा चामल,दाल,नुन,सोडा,साबुन,तेल आदि सामाग्रीहरु प्रदान गरिएको थियो !


























