२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

भारतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाखभन्दा तल झर्‍यो

काठमाडौं । भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस ९कोभिड–१९०का दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम हो ।

यस्तै सो अवधिमा कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ भने कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तमिलनाडु राज्यमा १९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ११ हजारभन्दा बढी छ भने महाराष्ट्रमा पनि १० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । केरलामा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

भारतमा हालसम्म २३ करोड ६१ लाख डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।