२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुदूरपश्चिम सरकार जोगाउन प्रचण्डको दौडधुप

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने तयारी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप बढेको छ। 

उनले सोमबार नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरे। नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका प्रचण्ड त्यसलगत्तै देउवा निवास बूढानीलकण्ठ पुगेका थिए।

दुवै नेतासँगको भेटमा प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिलाउने विषयमा कुराकानी गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। 

सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। यसअघि सत्ता साझेदार गरेको नेकपा एमालेले प्रदेश सरकारलाई दिएको फिर्ता लिएर मुख्यमन्त्रीको राजीनामा माग गरेपछि मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

विपक्षी गठबन्धनमा एमालेको माधव नेपाल समूहलाई अध्यक्ष केपी शर्मा ओलीले एकताको आह्वान गरेपछि प्रदेशमा यो समूहको भूमिका परिवर्तन हुनसक्ने संभावना देखेपछि प्रचण्डले चासो दिएर नेपाललाई भेट गरेका हुन्।

कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाले सुदूरपश्चिम सरकारका बिषयमा छलफल भएको जानकारी दिए। भेटमा दुबै पार्टीका प्रदेश संसदीय दलका नेतालाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिनेगरी छलफल भएको देउवाले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।