२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

दार्चुलामा व्यावसायिक स्याउ खेती शुरु

दार्चुला, २४ जेठ । जिल्लाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ । कालापानी कृषि तथा पशुपालन फर्मले गत वर्षबाट स्याउ खेती शुरु गरेको थियो ।

स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए । पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका रुपमा लगाइएको हो।

फर्मले कृषि ज्ञान केन्द्र दार्चुलामार्फत २१ लख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यो वर्ष १ हजार ७ सय बोट स्याउँ अनुदान बाहेक सरकारी लगानी पाइएको छैन।

दार्चुला तिंकर सडक निर्माण सयमै हुन सकेमा बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरी पुर्याउन सहज हुनेछ।व्यास गाउँपालिका १ छांगरुमा पनि हजारौं बोट स्याउ लगाइएको छ।

यहाँ उत्पादन हुने स्याउँ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई बिक्री हँुदै आएको छांगरुका स्याउँ उत्पादक जीतसिह बोहराले बताए। नेपालतिर बजार पुर्याउन बाटो घाटो छैन। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।