२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

अफगानिस्तान शान्ति प्रक्रियामा तालिबानको बेवास्ता

काबुल। अफगानिस्तानमा इस्लामिक लडाकु तालिबान समूह शान्ति प्रक्रियामा आउन नचाहेको त्यहाँको सरकारले बताएको छ। शान्ति प्रक्रियाका लागि अफगान सरकार तयार रहे पनि तालिवान त्यसको पक्षमा तत्पर नदेखिएको शान्ति राज्यमन्त्री सैयद सादत मन्सुर नदेरीले बताए।

अफगानिस्तानको शान्ति स्थापनाका लागि टर्कीको इस्तानबुलमा हुने सम्मेलन तालिबान समूहले स्थगित गरेपछि राज्यमन्त्री नदेरीले यस्तो टिप्पणी गरेका हुन्। अफगानिस्तानमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ, टर्की र कतारले संयुक्त रूपमा इस्तानबुलमा उच्चस्तरीय सम्मेलनको तयारी गरेको हो।

शान्ति स्थापनाबारे गत वर्ष सेप्टेम्बरमा कतारको दोहामा सुरु भएको वार्तालाई गति दिन अफगान सरकार पक्ष र तालिबानको उपस्थितिमा इस्तानबुलमा उच्च स्तरीय सम्मेलनको तयारी गरिएको टर्की विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ आतङ्ककारी हमलाको २० वर्ष पुरा हुनु अघि नै अफगानिस्तानबाट आफ्नो सेना फर्काउने बताएका छन्। फगानि राष्ट्रपति असरफ घानीले अमेरिकाको यो निर्णयलाई अफगानिस्तानले सम्मान गर्ने बताएको डेलीहन्टले लेखेको छ।

विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशनसमेत दिइसकेका छन्।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने भएकाले तयारी थाल्न मन्त्री श्रेष्ठले सम्बद्ध पक्षलाई निर्देशन दिएका हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।