आफै नियम उलग्न गर्दै जिल्ला प्रशाशन कार्यालय डडेल्धुरा



दिपकराज भट्ट / डडेल्धुरा – सात स्थानिय रहेकाे जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफै भिडभाडका कार्यक्रमहरुमा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थालेका छन ।
डडेल्धुरामा पछिल्लो समयमा काेभिड भाईरसका संक्रमित बढेपछि बैशाख १९ बाट चरणहरु थप्दै जेठ ३१ सम्म निशेधाज्ञा जारि गरिएकाे छ ।
आज विश्व वातावरण दिवसकाे अवसरमा डिभिजन वन कार्यालयले वृक्षारोपण कार्यक्रम राखेकाे थियाे उक्त कार्यक्रम उग्रतारा मन्दिरमा राखिएकाे थियाे साे कार्यक्रम स्वायम प्रमुख जिल्ला अधिकारिकाे जम्मबाे टालिनै उपस्थित रहेकाे थियाे ।
यसरी कानुन बनाउने निकायले नै उलगंन गर्दा आम नागरिकामा देखासेखि हुँदै गएकाे छ । उता प्रशासनले बिहानै सडक छापा हानेकाे थियाे छापामा पनि सर्वसाधारण नै परे उसाे त डडेल्धुरा प्रहरी कार्यालयमा थुनिएका गाडिका चाविहरु राखिए र रकम लिने गरे चार पाङ्ग्रेकाे रु ४००० र दुई पाङ्ग्रे बाट रु २००० लिने गरे जसबाट आज मात्र १३००० राजस्व संकलन गर्याे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ले कारवाहिमा पर्ने सर्वसाधारण नै रहेकाे प्रहरी श्राेतले जानकारि दिएकाे छ ।
यी त एउटा उदारहण मात्र हुन् डडेल्धुरामा यस्ता जमघट भिडाभाड स्थानीय सरकारका जनप्रतिनिधिले दैनिक कार्यक्रमका नाममा भिडभाड गराउने काम गरिरहेका हुन्छन् , यश बिषयमा प्रशासनले अनुगमन गर्नु जरुरि रहेकाे छ ।

























