२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

आजबाट ग्याँस ११२० र चिनी ६३ रुपैयाँमा, यसरी किन्नुहोस्

काठमाडौं- सरकारले छुट गरेको २० प्रतिशत मूल्यमा आजदेखि ग्याँससहितका खाद्य सामान पाइने भएको छ ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि २० प्रतिशत छुट मूल्यमा ग्याँस, चिनी, पिठो, तेल, नुनसहितका खाद्य सामग्री सर्वसाधारणलाई बिक्री वितरण गर्न लागेको हो ।

तर, सामानमा छुट पाउन नागरिकता बोकेर जानुपर्नेछ । प्रतिलिपीमा घरमा सदस्यको नाम र संख्या उल्लेख गरेर बुझाउनुपर्नेछ ।

छुट पश्चात ग्यास प्रतिसिलिण्डर ११२०, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ प्रतिकेजी, नुन १६ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँमा पाइने छ । चिनी, पिठो र नुन प्रति परिवारले २ केजीमात्र पाउनेछन् ।

अहिले बजार भाउको यो २० प्रतिशत छुट रकम हो । निषेधाज्ञा अवविभर काठमाडौं उपत्यकामा दिइने यस्तो छुट ग्यासमा एसटिसी सिलिण्डरमा मात्र पाइने छ । कर्पोरेसनका बिक्री कक्षबाट छुटमा यसरी सामान किन्न पाइनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।