२०८३ आश्विन १७ शनिबार
२०८३ आश्विन १७ शनिबार

कृष्णपुर नगरपालिका वडा नं. २ ले सामुदायिक वन र उपभोक्तासंगको सहकार्यमा किसानलाई हातेचेम्फा बितरण

जनक महरा/ कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं। २ ले सामुदायिक वनसंगको सहकार्यमा किसानलाई पावर टेलर बितरण गरेको छ ।

वडाको सामुदायिक वन संगको सहकार्य कार्यक्रम अन्र्तगत कृष्णपुर नगरपालिका वडा नं। २ ले आर्थिक बर्ष २०७७÷७८ मा विनियोजित बजेट , सामुदायिक वन तथा किसानहरु संगको सहकार्यमा उपभोक्तालाई हातेचेम्फा बितरण गरेको जनाएको छ ।

सामुदायिक वन तथा किसानहरु संगको सहकार्यमा उपभोक्तालाई १० वटा पावर टेलर वितरण गरेको जनाएको छ । 

May be an image of standing

वडाले कार्यक्रम अनुसार वडा भित्रका सामुदायिक वनहरुलाई निवेदन पेश गर्न सुचना जारी गरेकोमा तिन समुदायिक वनहरुले निवेदन दिएकाले त्यस अनुसार आज गडबिजुला सामुदायीक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई पावर टेलर बितरण गरेको कृष्णपुर नगरपालिका वडा नं। २ का वडा अध्यक्ष जय नारायण जोशीले बताए ।

२५ प्रतिशत वडा , २५ प्रतिशत सामुदायीक वन र बाकी किसानहरुबाट संकलन गरेर हातेचेम्फा खरिद गरेको हो । यसै योजना अन्र्तगत यो भन्दा पहिले एक सामुदायीक वनका उपभोक्तालाई जितरण गरेको र एक अझै बिकी रहेको वडा अध्यक्ष जोशीले जनाएका छन् ।

May be an image of one or more people, people standing and outdoors

उनले भने,“नेपाल सरकारको एक वडा एक उत्पादन कार्यक्रम अनुसार काम गरेको तथा वडामा रहेका किसानहरुलाई प्रोसाहित गर्न हातेचेम्फा बितरण गरेका हो ।” यसगरी वडामा रहेका बगर खेती गरिरहेका किसानलाई ५० प्रतिशत अनुदान र कृषि उत्पादनमा बढाउन वडाले सक्दो प्रयास गरिरहेको बताएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।