काठमाडौँ- नेपालमा कोरोनाभाइरस (कोभिड१९) को कुनै किसिमको नयाँ भेरियन्ट नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रामक समाचारको प्रचार नगर्न आग्रह गरेको छ ।



केही विदेशी मिडियामा नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्ने समाचारप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा फैलिएको भेरियन्टलाई डेल्टा नाम दिइएको र त्यसपछि अन्य कुनै पनि नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

Views: 132

























