२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

सृजनशिल बचत तथा ऋण सहकारी सस्था द्वारा नगरपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कञ्चनपुर- सृजनशील बचत तथा ऋण सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिकाका लाई 10 लिटर क्षमताको oxygen concentrator हस्तान्तरण गरिएको छ।

कोभिड १९ महामारीका कारण विश्वले आक्रान्त भएको बेला यस क्षेत्रमा अक्सिजनको चरम अभाव भएका बेला अक्सिजन भर्नका लागि प्रत्येक दिन धनगढी स्थित प्लान्टमा रातभरी कुर्नुपर्ने बाध्यता र झन्झट को मुक्तिकालागि सबभन्दा राम्रोविकल्पमा oxygen concentrator भएकोले शुक्लाफाँटा नगरवासीलाई राहत पुगोस भनेर संस्थाका अध्यक्ष श्री शिवराज भट्टद्वारा शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिल बहादुर ऐर र स्वास्थ्य संयोजक परमानन्द भट्ट लाई हस्तान्तण गरिएको हो ।

13500 सदस्य रहेको यो संस्थाले कञ्चनपुर जिल्लाको सातवटा स्थानीय तहमा सेवा केन्द्र सञ्चालन गरी कार्य संचालन गरेको छ अप्ठ्यारो परेको बेलासमाज प्रति चासो राख्नुपर्ने सहकारी सिद्धान्तअनुरुप सामाजिक उत्तरदायित्व अन्तर्गत नाफाको 2% प्रतिशत रकम समाजमा खर्च गर्ने गरेको कुरा संस्थाका सचिव खगेन्द्र पाण्डेयले बताउनुभयो।

सो कार्यक्रममा संस्थाका सदस्य पुष्प राज भट्ट र प्रशासकीय अधिकृत लगायतविभिन्न वडाका वडाध्यक्षको हरुको सहभागिता रहेको थियो यस सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशले 2075 सालमा उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।