२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

चीनमा ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारकाे बर्ड फ्लु पहिलाे पटक पुष्टि

काठमाण्डाै – चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पाइएको छ । NH10N3 (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ ।

यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी सङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।   

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता सङ्क्रमणको पहिचान भएको थियो । अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् ।   

बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको घटना कहिलेकाहीँ सुनिन्छ । 

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु देखिएन । 

बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमण पुष्टि भएका ती व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो ।    

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।