२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

पत्रकारिताका सात बर्ष : अनुभव र चुनौती

 २०६९ सालमा एस एल सि मा फेल भए पछी म कैलालीको घोडाघोडी नगरपालिका १ सुखड कैलालीमा टिउसन पढ्न पहिलो चोटि सुखड पुगे जहाँ कैलाली मेरो जिवनको पहिलो यात्रा अर्थात मेरो जिबनको लक्ष बनेको थियो ।

सुखड पढदै गर्दा धेरै कुराहरु पनि सिकिय भाषा रहन सहन लवाइ खावाइ सुखड पढेर पहिलो चोटि २०७० सालमा एसएलसि दिदा पुन असफल भएपछी म फेरि २०७० सालमा पुन सुखड नै पढन भनेर गय त्यसपछी मेरो एउटै लक्ष थियो एसएलसि पास गर्नु त्याहा पढ्दै गर्दा रेडियो प्रतीक स्थापना भएको थियोे । मैले पहिलो चोटि २२०० रुपैयाँ तिरेर पत्रकारिता तालिम लिए त्यसपछि म रेडियोमा छ्नोट हुन पनि सफल भए ।

२०७१ मा एसएलसि दिय र २०७२ सालमा बल्ल पास गरियो अनि पास पनि गरियो दुई बर्ष सुखड रेडियो मै काम गरियो । त्यस पछि मेरो जिबनमा पत्रकारिता नै टर्निङ प्वाइन्ट बन्न पुगे पत्रकार चक्र मल्ल अंकल मेरो अंकल मेरो जिबनमा नै आदर्स गुरु बनेर आउनु भयो मैले इन्टरको पढाइ सकियपछी चक्र अंकलले मलाइ डोटीको दिपायल बोलाउनु भयो मेरो घर पनि डोटीको बडिकेदार गाउँपालिका वडा ५ लाना मा पर्थ्यो राजिनामा मलाइ खुबै रुचि थियो मलाइ कतिले त मलाइ नेता नै भनेर बोलाउथे तर म पत्रकार भए ।

त्यस पछि म दिपायल गय र संघर्स का दिनपनी सुरु भए हाम्रो समाज कति सम्म अबुझ थियो भने पत्रकारिता मा पैसा त हुँदै हुदैन तर नाम त हुन्छ तर समाजमा नानाथरी कुराहरु हुन्थे त्यसको छोरा त पत्रकार हो अरे घुम्ने काम मात्र हुन्छ घर बाट पैसा लिएर जिन्दगी चलाउदै छ हरेक ब्याक्तीले समाजमा नि कुराकाट्न थाले तर मलाइ इ सबै कुराले कुनै प्रभाब पारेन र म आफ्नो लक्ष्य के हो भन्ने कुरामा कन्फिडेन्ट थिए ।

म कतै बिचल्लित नभई आफ्नु कर्मम जुटे पत्रकारिता दिपायल गय पछि मलाइ मेरो गुरु मेरो आदरणीय अंकल अरुण कुमार बमको अत्यन्तै माया सघै हौसला पाय उहाँ सघै नै बसेर जिल्ला बस्दा खेरी प्राइम टाइम्स टेलिभिजन अर्थात राष्ट्रिय मिडिया मा जोडिन पुगे अंकलले मलाइ समचार रिपोर्ट समचार लेख्न सिकाउनु भयो ।

त्यस पछि ऋषि धमला धमलाको हमला जो ऋषि धमला भने पछी अहिले पनि देशका कुना कब्जा सम्म चर्चा हुने गर्दछ उहाकै टेलिभिजनको डोटी जिल्ला संवाददाता भए पछि मलाई नि गर्बक साथ ऋषि धमलाको टेलिभिजनको डोटी जिल्ला रिपोर्टर हु भन्दा गर्व लाग्यो । मेरो पहिलो समचार थियो टेलिभिजनको सेती नदिमा माछा मारेर कापिकलम खर्च जुटाउदै बिद्यार्थी भन्ने जुन समचार प्रदेश समाचारको हेडलाईन सघै पहिलो समाचार बनेको थियो

त्यो समाचार प्रसारण भए पछि मैले डोटेली जनताले भोगेका समस्या देखि डोटीका कुना कर्द्राका समाचार संकलन गर्न थाले । जिबनमा पत्रकारिता नै हो भने पछि गर्नुनै पर्यो मेरो टेलिभिजनले एउटा समचारको चार सय पाँच सय र आठ सय रुपैयाँ दिन्छ मैले दिन रात लगायर डोटी हरेक समचारहरु टेलिभिजनमा प्रसारण गर्न सफल भए एक बर्ष भित्र नै यहाँको जनता जिल्लामा क्रियासिल पत्रकार हरुको मन जित्न सफल पनि सफल भए सबैले मलाइ माय पनि गर्न थाले ।

चुनौती भन्ने हो भने समाचार संकलन गर्दै गर्दा आए का धम्किहरु डोटी जस्तो बिकट ठाउँ जहाँ एक ठाउँ बाट अर्को ठाउँ सम्म जान नै दुई दिन लाग्छ कति खर्च हुन्छ खल्टिमा एक पैसा नहुदा पनि भोकै बसेर पनि रिपोर्टिङ गरियो त्यो त मलाइ स्वयम् थाहा छ एउटा रिपोर्ट को लागि ५००० खर्छ हुन्छ तर मैले पाउने सात सय रुपैयाँ मात्र जिन्दगीमा संघर्स गर्दै गर्दा धेरै चुनौतीपूर्ण अबस्था हरुको सहजै समधान पनि गरियो कति उताब चडापहरुपनी आए ।

सबैको समधान पनि गरियो आज आयर छोटो समयमै पनि मैले मेरा अग्रजकोर मया ममताले गर्दा नेपाल् पत्रकार महासघ को डोटी जिल्ला कार्यसमिति सदस्य मा ५५ भोट ल्यायर बिजय हुन सफल भए । यो नै मेरो जिबनको सबै भन्दा ठुलो सफलता थियो ।

र हजुरको माया ममताले म सधै भरी गरिब जनताको समस्याहरु सधै आफ्नो कर्म मार्फत बाहिर ल्याउने प्रयास गर्ने छु पत्रकारिता गर्दै गर्दा मलाई प्रेरणा प्रदान गर्ने मेरा आदरणीय अंकल चक्र मल्ल, अरुण बम, मीन बम, पुष्प राज जोशी दाजु पवन महरा दाजु, प्रकाश मिश्र दाजु कर्ण चन्द गणेश मौनि दाजु लगायत डोटी जिल्लामा क्रियासिल सम्पुर्ण अग्रज पत्रकारमा हार्दिनक नमन व्यक्त गर्न चाहान्छु बाकि अर्को भागमा अन्तमा विशेष धन्यवाद प्राइम टाइम्स टेलिभिजन आदरणीय दाजु बिजय रेग्मी, कमलमणि पोखरेल, अनुपमपा जोशी दिज्जु, कृष्ण मल्ल लगायत प्राइम टाइम्स टेलिभिजन परिवार प्रती हार्दिक आभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।