दिपकराज भट्ट (दिपु) – बुबा मन्धिर सिँह धामी र आमा स्व. हरिना देवी धामी काे काेख बाट मिति २०३३ चैत १४ गते हालको पुर्चौडी नगरपालिका–३ बैतडी मा जन्मनु भएका राम धामिले काे पढाई नि.मा.वि.सम्मकाे सिद्धनाथ निम्न माध्यामिक विद्यालय चन्दनी परशुराम–६ जयपुर जोगबुडा , स्नातक सिद्धनाथ बहमुखी क्याम्पस महेन्द्रनगरबाट व्यवस्थापन संकाय बाणिज्य सास्त्रमा उतिर्ण गर्नुभयाे र हेमवती नन्दन बहुगुणा राजकीय डिग्री कलेज खटिमाबाट अर्थशास्त्र र समाजसास्त्रमा स्नाकोत्तर (सन् २०१२)गर्नुभयो ।



२०५२ साल मंसिर देखि महेन्द्रनगर बाट पत्रकारितामा लागेका धामि हालसम्म निरन्तर पत्रकारिता जगतमा लागेका छन्। उनले पत्रकारिता जगतमा दर्जनाै मिडियामा रहि सुदुरका सबै जिल्लामा काम गरेकाे अनुभव छ धामि लाई उनले महेन्द्रनगर बाट प्रकाशित हुने सार्थक साप्ताहिक, गुडमर्निङ दैनिक, नयाँमुलुक देनिक, फारवेष्ट टाईम्स दैनिकका साथै काठमाण्डौं बाट प्रकाशित हुने मालिका साप्ताहिक, नवआवाज साप्ताहिक, प्रकाश साप्ताहिक, जनआह्वान साप्ताहिक, नयाँ सडक दैनिक, सगरमाथा दैनिक, राजधानी दैनिक, स्पेसटाईम दैनिक, आजको समाचार पत्र दैनिकमा बिभिन्न जिल्लामा रहेर रिर्पोटिङ गरेको ।२०५८ फागुन १५गते देखि २०६४ मंसिर ३० गतेसम्म नेपाल टेलिभिजनको सम्वाददाताका रुपमा काम गरेको ।
डडेल्धुरा बाट प्रकाशित अजयमेरु साप्ताहिक, आकलन दैनिक र हिलटाईम्स दैनिकको सम्पादन । रेडियो सुदूरआवाज र रेडियो अमरगढीको सल्लाहकारका रुपमा काम गरेको छ र हाल डडेल्धुरामा रहकाे हिलटाईम्स दैनिकमा सम्पादक रहेर काम गरिरहनु भएकाे छ भने, रेडियो अमरगढीमा सल्लाहकारकाे पदमा काम गरि रहुन भएकाे छ । धामीले सुदुरमा पत्रकारिता सम्बन्धि तालिम ,गाेष्टि, डकुमेन्ट्रीका ज्ञान दिने गरेका छन् ।
पत्रकारिता जगतमा आउने नयाँ पिडिलाई धामीकाे सुझाब –
पत्रकारिताको पावर भनेकै जनविश्वसनीयता हो । विश्वसनीय समाचार लेख्नुपर्छ पत्रकारहरुले ।
पत्रकारले सबै विषय र क्षेत्रको आधारभुत ज्ञान राख्नुपर्ने भएकाले अध्ययनसिल र मेहनती हुनुपर्छ । राजनीतिक विचार आस्था र ब्यक्तिगत स्वार्थबाट माथि उठेर समाजलाई सुसूचित गर्ने कर्तब्य निर्वाह गर्नुपर्छ । मेराे जीवनकाे प्रेरणा- पत्रकारितामा प्रवेश गराउने देखि टिकाई राख्ने अग्रज पत्रकारहरु रामबहादुर चन्द, हरिप्रसाद जोशी, डीआर पन्त, मनमोहन स्वार, उमिद बागचन्द लगायतको महत्वपुर्ण योगदान छ । मैले पत्रकारितामा हालसम्म सिकेको भनेकै अग्रजहरु प्रतिको सम्मान, सहकर्मीहरुसँगको बलियो सहकार्य र टीमस्प्रीट हो ।
पत्रकारिता समाजकाे ऐना हाे “पत्रकारितालाई समाजको ऐना पनि भनिन्छ । समाजको ऐना भनेपछि समाजको सिँगो प्रभावबाट पत्रकारिता क्षेत्र मुक्त रहदैन । यसर्थ, पत्रकारितामा सफलता पाउनका लागि कुनै पनि पत्रकारले समाजप्रतिको उत्तरदायित्व बोध गर्नैपर्छ । पत्रकारिताले समाज परिवर्तन गर्ने भन्दा पनि समाजलाई सुसुचित गर्ने हो ।
पत्रकारबाट प्राप्त सूचनाको विश्ससनीयताका आधारमा समाजले दृष्टिकोण बदल्छ । यसर्थ, समाज परिवर्तनका लागि पत्रकारिताले सम्वाहकको काम गरेको हुन्छ । समाज आफैमा परिवर्तनसिल छ । समाजमा परिवर्तन तबमात्रै सम्भव छ, जब समाजले सहि सूचना प्राप्त गर्न सक्छ । समाजमा पारदर्शिता प्रवछद्र्धनका लागि पत्रकारिताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमात्रै समाजिक परिवर्तन सम्भव हुन्छ” ।
निरन्तर २५ बर्ष पत्रकारिता गरिरहदा आएका अवसर र चुनाैतिका अनुभव यस्ता छन् धामीका –
प्रविधीमा भएको सुधारनै सबैभन्दा महत्वपुर्ण पक्ष हो । लेटर प्रेसमा पत्रिका छाप्ने प्रविधीदेखि अहिलेको अत्याधुनिक डिजिटल प्रेसको युगसम्म आउन हामीलाई निकै कम समय लाग्यो । फक्समार्फत समाचार पठाउने प्रविधीले इन्टरनेट मार्फत सहज रुपमा अडियो भिडियो तत्काल पठाउन सक्ने प्रविधीको विकासले पत्रकारिता पेशालाई नयाँ युगमा प्रवेश गराईसकेको छ ।
एउटा पत्रकारका लागि सूचना प्रविधीमा आएको यो महत्वपुर्ण परिवर्तन नै सबैभन्दा महत्वपुर्ण अवशर हो । पत्रकारिताबाटै जीवनयापन गर्न सकिने वातावरण बन्न थालेको छ । यो पनि सुवर्ण अवशरनै हो । अझै पनि एउटा पत्रकारले आफुले महिनेत गरे अनुसारको पारिश्रमिक पाउने वातावरण कम्तिमा पनि मौफसलमा बन्न सकेको छैन, यो सबैभन्दा ठुलो चुनौती हो जस्तो लाग्छ । पत्रकार बन्ने क्रम बढदै गएको छ ।
आमसञ्चार माध्यमहरु दिनहुँ जसो संख्यात्मक रुपमा वृद्र्धीभएसँगै पत्रकारिता गर्न चाहने ब्यक्तिहरुले सहज रुपमा अवशर पाइरहेका छन । तर चुनौती के छ भने पत्रकारिताको गुणात्मक विकास अझै हुन सकेको छैन । पत्रकारहरुको दक्षता अभिवृद्वि, पत्रकारिता पेशाप्रति निष्ठावान बनाउने र पत्रकारितामा इमान्दारितालाई प्रश्रय दिने संस्कृतीको विकास गर्नु अहिलेको चुनौती हो जस्तो लाग्छ । पत्रकारिता जगतमा लाग्ने युवा लाई उहाँ यस्ताे सुझाव दिनुहुन्छ पत्रकारितामा युवाहरुको हस्तक्षेपकारी आवागमन हुनेक्रम बढेको छ । स्वभावैले युवाहरु सिर्जनसिल हुन्छन् ।
पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गरेर पत्रकारिता क्षेत्रमा आउने युवाहरुको जमात पनि कम्ति छैन । यसले पत्रकारिताको गुणात्मक विकासमा टेवा पुगाउँछ । पत्रकारिताका आधारभुत मुल्य मान्यता र सिद्धान्तहरुलाई आत्मसात गरेर सृजनसिल पत्रकारितामार्फत आफुलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा परिचित गराउन सक्ने अवशरहरु छन् ।
यसको भरपूर उपयोग गर्न युवा पत्रकारहरुलाई आग्रह गर्दछु । धामि हाल पत्रकार महासंघ सुदुरपश्चिमका काेषाधक्ष्यकाे जिम्मेवारी समालिरहेका छन् ।

























