२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

जलेर घाइते भएका डोटीका आमाछोरीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं – जलेर घाईते भएकी डोटीको आदर्श गाउँपालिका–४, रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाट र उनकी २ वर्षीया छोरी अन्जुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

सोमबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू दुवै जनाको उपचार खर्च व्यहोर्ने जानकारी दिएको हो। लक्ष्मीका श्रीमानले पेट्रोलियम पदार्थ छर्केर सुतीरहेको अवस्थामा आगो लगाउँदा लक्ष्मी र अन्जु घाइते छन्।

घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारबाट व्यहोरिने र यस घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने समेत विज्ञप्तीमा भनिएको छ । यसका साथै आगमी दिनहरुमा यस्ता घटना हुन नदिने तर्फ गृह मन्त्रालय कटिबद्ध रहेको समेत विज्ञप्तीमा भनिएको छ ।

सोमबार लक्ष्मीको उपचारका लागि गणेशदत्त भट्ट, जितबहादुर खड्कालगायतले आर्थिक सहयोग गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।