२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

कैलाली- कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी भईरहेको छ । जिल्लामा कोरोना संक्रमणदर घट्दै गएपछि प्रशासनले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागेको हो । १६ बैशाखदेखि जारी निषेधाज्ञाका कारण कैलाली बजार नै ठप्प रहेका बेला केहि दिनमै निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘यति गतेदेखि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने भन्ने तयारी भएको छैन्,सूचना अधिकारी जोशीले भने, ‘सम्भव त एक दुई दिनमै यसको टुङ्गो लाग्छ ।’ अहिले प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।

जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो । २१ गतेदेखि बैंक तथा वित्तिय संस्था पनि केही घण्टा सञ्चालन हुने गरी निषेधाज्ञा जारी हुने सम्भावना बढि छ ।

अहिले नै बजार व्यवसाय र सार्वजनिक सवारी साधन सञ्चालनका लागि भने अनुमती नपाइने प्रशासनले स्रोतले बतायो । जिल्लामा कोरोना सक्रमणदर कम गर्नकै लागि प्रशासनले पाँच पटक निषेधाज्ञा थप गरेको हो । पाँच पटक थप गरेको निषेधाज्ञा समयअवधि आउदौ जेठ २० गते राति १२ बजे सम्म रहेने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।