२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

दार्चुला सीमा नाकामा निषेधाज्ञाको समय भीड

दार्चुला,१७ जेठ । दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा समेत बन्द गरिएका छन् ।

खाद्यान्न पसल, दुग्धजन्य, फलफूल तथा तरकारीका पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म ४ घण्टा मात्रै खुल्ने गरेका छन् । निषेधाज्ञाको समयमा मानिसहरूको आवतजावतमा रोक लगाइएको छ ।

नेपाल सरकारले सुदूरपश्चिमका चार नाका मध्ये खलङ्गा पुलघाट नाकालाई पनि आवतजावतको लागि खुला गरेको छ । तर नेपाल–भारत जोड्ने उक्त सीमा नाकामा अहिले भिडभाड हुने गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गर्दै सीमा नाकामा व्यापारी तथा स्थानीयहरूले भिडभाड गर्ने गरेका हुन् । 

‘एकातिर निषेधाज्ञा जारी छ अर्कोतर्फ यत्रो भीड ।’ सीमा नाकामा खटिएका एक प्रहरीले भने, ‘हामीले भीड नगर्नुस् भन्दा पनि लाम लागेर जमा हुन्छन् यसले हामीलाई थप चुनौती थपेको छ ।’ अहिले ठुला व्यापारीदेखि साना व्यापारीहरू सामान ल्याउन सेटिनमा पारी जाने गरेका छन् । उनीहरूले खाद्यान्नका साथसाथै अरू अन्य सामान पनि ल्याउने गरेको खुलेको छ । 

दार्चुलामा वैशाख २५ गतेबाट निषेधाज्ञा जारी हुँदा भारतले धारचुला बजार प्रवेश गर्न कोरोना रिपोर्ट माग्ने गरेको थियो । तर पछिल्लो समय मनपरी रूपमा आवतजावत गर्न दिँदा सीमामा भिडभाड भइरहेको छ । पारी जान पाइन्छ भनेर अहिले स्थानीयहरू समेत सीमामा जमा हुने गरेका छन् । 

सोमवार भारतले सीमा नाका एकतर्फी बन्द गरेपछि नेपालतर्फबाट भारतीय बजार जानेहरू बिच पुलमै केही समय अड्किएका समेत थिए । यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने धेरैको भनाइ छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।