२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

देउवाको गृह जिल्लामा संघीय सरकारको सबैभन्दा कम बजेट किन ?

डडेल्धुरा : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहगाउँपालिका गन्यापधुरामा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ। शनिबार संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट विनियोजन गरेको हो। 

जसमा देउवाले मतदान गरेको गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि गन्यापधुरा गाउँपालिकाका लागि २६ करोड २८ लाख बजेट छुट्याइएको छ।

दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा सबै भन्दा बढी परशुराम नगरपालिकाका लागि विनियोजन गरिएको छ। परशुराम नगरपालिकाको लागि ४५ करोड १७ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, अमरगढी नगरपालिकालाई ४० करोड ७४ लाख बजेट छुट्याइएको छ। अजयमेरू गाउँपालिकालाई ३६ करोड ३० लाख, आलिताल गाउँपालिकालाई ३० करोड ६४ लाख, नवदुर्गा गाउँपालिकालाई ३० करोड ७८ लाख र भागेश्वर गाउँपालिकालाई ३० करोड ९० लाख बजेट विनियोजन गरिएको छ।

सरकारले आगामी २०७८र०७९ मा डडेल्धुराका लागि कुल २ अर्ब ४० करोड ८१ लाख बजेट विनियोजन गरेको हो सरकारले डडेल्धुरामा व्यावसायिक कागती खेती कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

बजेटमा डडेल्धुरामा सीमान्तकृतका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने, डडेल्धुराको अमरगढी स्मार्ट सिटी बनाइने कार्यक्रम समेटिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।