शुक्रबार बिहानसम्म मुख्यमन्त्री सहित ५ सदस्य सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल साँझ ११ सदस्यीय पुगेको छ ।



पुरानो मन्त्रिमन्डलमा रहेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले राजीनामा दिइन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले मन्त्रालय फेरेका छन् ।
अन्य ४ जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमा नियुक्त गरे । यसरी सुदूरपश्चिम प्रदेशको मन्त्रिमन्डल जम्बो बनेको छ ।
मुख्यमन्त्री भट्टले संविधान बर्खिलाप जम्बो मन्त्रीमण्डल विस्तार गरेको आरोप छ । संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठन सम्बन्धी प्रावधान उल्लेख गरिएको छ ।
त्यसको उपधारा ९मा भनिएको छ, ‘प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरू मध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गरिने छ ।’
५३ जना सदस्य रहेको प्रदेश सभामा हाल ५२ जना मात्रै सांसद छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कुल सदस्यको २० प्रतिशत मान्दा १०।४ हुन्छ ।
बथ दभ बल ष्mबनभ या तभहत तजबत कबथक ु९९० प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्ी सहित प्रदेश सभाका कुल सदस्य संख्याको बीस प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्विपरिषद गठन गर्ेछ्र स्पष्टीकरण यस भागको प्रयोजनका लागि ूमन्तीू भन्नाले मन्ती, राज्य मन्त्री र सहायक मन्त्री सम्फनु पर्छ्।


























