काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ ।
१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए रु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७९६, काभ्रे पलाञ्चोकमा ३९२, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६,झापामा २२६, भक्तपुर २१३ र रुकुममा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा १८९, ओखलढुंगा र सुनसरीमा १७०र१७० जना, रोल्पामा १२०,मोरङमा १६६,चितवनमा १५१, कैलालीमा १३९,महोत्तरीमा १३७,दाङमा १३०, मकवानपुर, बर्दियामा ११८र११८ जना, बाँकेमा १०९, स्याङ्जामा १०२ र दोलखामा १०१ जना संक्रमित थपिएका छन् ।
यस्तै धादिङमा ९८,धनुषामा ९७,नुवाकोटमा ८९, तनहुँमा ८३, सिन्धुलीमा ७२, पाल्पामा ६५, सुर्खेतमा ६१,डडेलधुरामा ५४,पर्वतमा ५१, गुल्मी र कञ्चनपुरमा ५०र५० जना कोरोना संक्रमित थपिएका छन् ।
रौतहटमा ४८, बैतडीमा ४६,बारा, सप्तरी, कपिलवस्तु, अछाममा ४३र४३ जना,धनकुटामा ४२,गोरखामा ४०,नवलपरासी पुर्वमा ३९, उदयपुरमा ३८, सिरहामा ३४ तथा सर्लाही र डोटीमा ३०र३० जना संक्रमित थपिएका छन् ।
यस्तै संखुवासभामा २९,पर्सामा २८, नवलपरासी पश्चिममा २१, कालिकोटमा १९, रामेछापमा १७,म्याग्दी र अर्घाखाँचीमा १३र१३ जना, रसुवामा १२ तथा इलाम, लमजुङमा ११र ११ जनामा कोरोना संक्रमण् देखिएका छन् ।
पाँचथरमा ९, प्युठान र रुकुम पश्चिममा ८र८ जना, सल्यानमा ५, बागलुङमा ६, भोजपुर र जुम्लामा ४र४ जना,खोटाङ, ताप्लेजुङ र दार्चुलामा ३र३ जना, रुकुम पुर्व, दैलेखमा २र२ जना तथा सोलुखुम्बु, मनाङ, जाजरकोट, हुम्ला,बझाङ र बाजुरामा १र१ जना थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका १७९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

























