२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

सुदूरपश्चिम प्रदेश सरकारले भयका बीच बजेटको तयारी

 सुदूरपश्चिम-  सुदूरपश्चिम प्रदेश सरकारले भयका बीच आर्थिक बर्ष २०७८÷०७९ का लागि बजेटको तयारी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले झण्डै २८ अर्बको बजेट ल्याउने तयारी गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष ०७७÷७८ का लागि ३३ अर्बको बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र बोहराले प्रि–बजेट छलफल सुरु भइसकेको जानकारी दिए ।

‘आगामी आर्थिक बर्षको बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत गर्नका लागि विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थाहरुसंग छलफल भइरहेको छ ।’ उनले भने ।

झपट बोहराले गत पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालय मन्त्री विहिन थियो । वैशाखमा मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

तर सोमवार एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि वर्तमान सरकार पनि संकटमा छ ।

यद्यपी बुधवार बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ ।

तर एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीमा कारवाहीको भय छ भने त्यस्ले बजेट पनि प्रभावित हुने देखिएको छ । सरकारले अहिलेसम्म बजेट अधिवेशन आह्वानको निर्णय गर्न सकेको छैन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।