२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कोभिड बिरामीलाई फलफूल तथा पौष्टिक पदार्थ बितरण

बाँके – माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले आज कोभिड बिरामीलाई फलफूल तथा पौष्टिक पदार्थ चेवनप्रास बितरण गरेको छ। आफ्नो १० औं स्थापना दिवसको अबसरमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सो सामाग्री बितरण गरेको हो ।

नेपालगन्ज २० राझास्थित ह्वाईट हाउस आइसोलेशन सहितका कोभिड बिरामीहरुलाई फलफुल र चवनप्रास प्रदान गरिएको छ ।

१०औं स्थापना दिवसको शुभ अवसरमा सम्पूर्ण शेयर सदस्य ,कर्मचारी,कार्यसमिति,लेखा तथा ऋण समितिका सदस्य हरूलाई हार्दिक बधाई तथा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दै मनिकापुर स्थित ह्वाईट हाउस आइसोलेशन सेन्टरमा रहेका २६ जना कोभिड बिरामी र अन्य ठाउँको आइसोलेशनमा रहेका बिरामीहरू लाई सिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल चवनप्रास सहितको समाग्री बितरण गरिएको संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले जानकारी दिनु भयो ।

कार्यक्रममा सचिब बदरुद्दुजा खाँ, प्रबन्धक अम्बिका काफ्ले लगायतले सो सामाग्री बितरण गरेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।