२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी बिच्चलीमा

बाजुरा–बडिमालिका नगरपालिका २ माझिगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडा अध्यक्ष डम्मर महतले वताएका छन् ।

अलपत्र पर्नेमा ७ बर्षकि करुणा नेपालि, ६ बर्षकी कोपीला नेपाली, ४ बर्षकी स्माया नेपाली र ३ बर्षका धुुब्रराज नेपाली रहेका छन् । आमा रेखा दमाईको उपचारको क्रममा २ बर्ष पहिला भारतमा मृत्यु भएको थियो, भने बुवा बिनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडा अध्यक्ष महतले वताए ।

नाबालक चार जना दलित भाईबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्ना दमाईको संरक्षणमा रहेका छन् । आर्थिक अबस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नातिनातिनी पाल्न निकै समस्या भएको छ । गाँउभरी डुलेर अरुलाई मागेर नाति नातिनिहरुको पेट भर्ने काम गरेको बज्यै बिस्ना दमाईले रुदै वताईन् ।

कोरोनाको कहर बढे सँगै लकडाउने उनिहरुमा झनै समस्या परेको छ । लकडाउन नहुनु पहिला ज्यालामजदुरी गरेर पाल्थे अहिले भने गाउँभरी मागेर पाल्ने गरेको बाजे अर्जुन दमाइले वताएका छन् । सबै सानै रहेका छन्, जेठी करुणा कक्षा २ मा माइलि कोपीला नेपाली कक्षा १ मा पढने गरेकि छन्, बाँकी भने सानै रहेको बाजे अर्जुनले वताए । मागेर कति हुनु उनिहरुलाई राम्रो सँग खान सम्म पुुयाउन नसकेको उनले वताए ।

अर्जुनको परिवार दलित हुन् । अझै जमिन जग्गा समेत नभएका उनको परिवार खलिया काम गर्थे, माथिल्लो जातिको काम गरे बाफतको अन्नले केही दिनलाई खान पुुगेपनि अहिले भने परिवार पाल्न निकै समस्या भएको वताए । अरुले राम्रो लगाएको देखेपछि किनिदेउ भन्छन्, तर आफु सँग पैसा हुदैन्, अरु गाउँलेका लुुगाफाटा मागेर नातिनातिनिको शरिर छोप्ने गरेको उनले वताए ।

बडा अध्यक्ष डम्मर महतले भने आफुहरुले पनि कहिलेकाँहि खाद्यन्न मिलाउने गरीरहेका छौ, यिनिहरुको पढाई त टाढाको बिषय हो छाक टार्न पनि समस्या भएको वताए । यि साना वालवालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रह समेत गरेका छन् ।

बडिमालिका नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले भनिन्, त्यस्ता अलपत्र परेका बालवालिकालाई यो आर्थिक बर्षमा प्रति ब्यक्ति १ हजार सहयोग गरेको वताईन् । युनिसेफको सहयोग १ हजार सहयोग गरेका छौ, बाँकि नगरपालिकामा कोष स्थापना हुन लागेको त्यसपछि सहयोग गर्न सकिने रोकायाले वताईन् ।

बडिमालिका खबरबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।