२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

दार्चुलाको ब्याँस गाउँपालिकामा कोरोना विरुद्धको खोप लगाईदैं

दार्चुला – दार्चुलाको ब्याँस गाउँपालिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । वडा नम्बर १ ब्याँसका स्थानीयहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकर र छाङरुका स्थानीयहरुका लागि भन्दै कोरोना खोप उपलब्ध गराएको थियो । मन्त्रालयबाट प्राप्त कोरोना खोप लगाउन सुरु गरिएको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले जानकारी दिए ।

पहिलो दिन २ सय ३२ जना स्थानीयलाई कोरोना बिरुद्धको खोप लगाइएको छ । नेपाल सरकारले सुरुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी एम्बुलेन्स, शवबाहन चालक, सहचालक, सक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई कोरोना खोप लगाएको थियो ।

तर ब्याँस गाउँपालिका वडा नम्बर १ लाई विशेष प्राथमिकता राखेर सबै नागरिकहरुलाई लक्षित गर्दै मन्त्रालयले कोरोना खोप उपलब्ध गराएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।