कंचनपुर- कंचनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा अक्सिजन सिलिन्डर खरिद तथा ब्यबस्थापन अभियान समुह गठन भएको छ।



पुनर्बास नगरपालिका वडा नम्बर ३ का धनमाया गुरुङ को संयोजकत्तोमा २०७८ जेठ १ गते बैठक बसि समिती बनाएको छ।
कोबिड -१९ दोस्रो लहर उग्र रुप लिदै जादा यश पुनर्बास – ३ मा स्थापना गरिएको समितीले पनि थप अक्सिजन बाट मृत्यु खेप्दै आइरहेको ले त्या बाट बचाउनका लागि यी समिती चयन गरि समाजिक अभियानता किरन चन्द को अगुवाइमा यो समिती पुन.न.पा-३ को सर्बदलिय बैठक बाट सर्बसम्मत पारित गरिएको हो।
उक्त समितिमा संयोजक धनमाया गुरुङ,र सदस्यमा , किरण चन्द, मिरा चन्द, सुकमाया मोक्तान, दिनेश शर्मा, र भागीरथी बिष्ट रहेका छन।
अहिले सम्म यस अभियानले कोबिड अस्पताल पुनर्वास र बेलौरी लाई २० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ ।आगामी दिनहरुमा अक्सिजन निशुल्क बितरण , सुरक्षा कर्मीलाइ माक्स , फलफुल ,गुलकोज उपलब्ध गराउने योजना बनाएको सयोजक धनमाया गुरुङ ले बताए।
हामिलाई आर्थिक सहयोग प्रदान गरि देश तथा विदेशमा रहेका नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु बाट सहयोग संकलन गरि यो अभियान संचालन गरेका हौ र आबस्यक परे अक्सिजन हामी ले जहा बाट पनि उपलब्ध गराउने समाजिक अभियानता तथा यश समितिका सदस्य किरन चन्द ले बताए।
अहिले यो समितिले बिभिन्न व्यक्तिहरुको सहयोगमा अक्सिजन संकलन गरि बिरामीहरुलाई अक्सिनको व्यवस्था गरिरहेको छ ।
अक्सिजन खरिद तथा ब्यब्स्थापन अभियान पुनर्बास ३ ले कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासन, अस्पताल तथा सरोकारहरुसंगको समन्वयमा अक्सिजन खरिद तथा ब्यब्स्थापन अभियान पुनर्बास ३ ले काम गर्दै आएको समेत समितिका संयोजक धनमाया गुरुङले बताए ।
अक्सिजन खरिद तथा व्यवस्थापन अभियान नामक पेज समेत समाजिक सन्जाल मा राखेको छ।

























