अक्सिजन नपाएर मृत्यु भईरहेका कोरोना संक्रमितहरुको जीवनका रक्षाका लागि निशुल्क अक्सिजन अभियान सचालन गर्दै आएको ह्युमानिटी फाउण्डेण्सनको संयोजनमा सुदूर पश्चिममा २४४ थान अक्सिजन सिलिण्डर आएको छ ।



निशुल्क अक्सिजन अभियानमा ह्युमानिटी फाउण्डेसनसंग सहकार्य गरिरहेको शंकर ग्रुप, ईन्फिनिटी होल्डिङ्स, हामी नेपालीको सहयोग सुदूर पश्चिममा यति ठूलो परिमाणमा पहिलो पटक सिलिण्डर भित्रिएको हो ।
निशुल्क अक्सिजन अभियानमा हमार फाण्डेसन, एभरेष्ट बैंक, सुदूर पश्चिम समाज डेनमार्क लगायत देश विदेशबाट बिभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुको साथ र सहयोग छ ।
चीनबाट ल्याइएका सिलिण्डरहरु अक्सिजन भर्न काठमाण्डौंबाट बिराटनगर लगिएका थिए । करीव सात दिनको प्रयासमा ती सिलिण्डरहरु अक्सिजन भरेर धनगढी ल्याईएका हुन् ।
ह्युमानिटी फाउण्डेसन नेपालका अध्यक्ष श्याम तायलले ती सिलिण्डरहरु सुदूर पश्चिमका सरकारी अस्पताल र निजी अस्पताललमा उपचाररत कोरोना संक्रमितहरुलाई सोझै उपलब्ध गराउनुका साथै सरकारी अस्पतालहरुलाई समेत वितरण गरिने बताए ।
फाउण्डेसनका अध्यक्ष श्याम तायलले निशुल्क अक्सिजन अभियानमा देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरु प्रति आभार व्यक्त गरेका छन् ।

























