एकेन्द्र चन्द , बडिकेदार- कोरोना संक्रमण बढे सघै चुरे गाउपालिका वडा न एक सिल गरिएको छ गाउँ पालिकामा पछिल्लो समयमा कोरोना संक्रमण फैलिन थाले पछि वडा न एक को सिबनगर बजार देखि मिलनपुर सम्म सिल गरियको चुरे गाउँपालिका वडा न एक का अध्यक्ष हुकुम बोहराले बताए ।



वडा न एकमा ४५ जनाको पिसिआर गर्दा २४ जनामा संक्रमण पुष्टि भए पछि निगाली स्वास्थ चौकी ब्यवस्थापन समितिको बैठक बसेर वडा लाई सिल गर्ने निर्णय गरिएको अध्यक्ष बोहराले बताए ।
उनले भने ,’संक्रमित सबैको स्वास्थ अबस्था सामान्य रहेको र सबै होम आइसुलेसनमा रहेको छन् ।’
Views: 357

























