कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा हेल्प डेस्क सञ्चालनमा आएको छ । जिल्लाको पुनर्वास नगरपालिकामा कोभिड(१९ व्यवस्थापन प्रणाली अन्तर्गत आईतबारबाट पुनर्वास नगरपालिका परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको हो ।



सँगसँगै अभियानले आईतबार पुनर्वास नगरपालिकाको सहकार्यमा हेल्प डेस्क सञ्चालन गरी नगरपालिकालाई विभिन्न आवश्य स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरेको अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले बताईन् ।
उनका अनुसार कोभिडको महामारी दिनदिनै बढी रहेको समयमा कोभिड संक्रमित बिरामिलाई अक्जिजनको जोहो गर्ने, आपत्कालिन एम्बुलेन्स व्यवस्था गर्ने, प्लाज्मा डोनरको खोजी गर्ने, होम आइसोलेशनमा बसेका कोभिड सङ्क्रमित विरामिलाई परामर्श दिने भन्ने उद्धेश्यका साथ हेल्प डेस्क सुरु गरेको उनको भनाई छ ।
हेल्प डेस्कको सहायताबाट पालिका भित्रको स्वास्थ्य समस्याहरुको जानकारी लिने र स्वास्थ्यकर्मीसंग समन्वय गर्ने, कोभिडको शंका लागेका व्यक्तिलाई परीक्षणका लागि परामर्श गर्ने, कोभिड टेस्ट सम्बन्धि जानकारी दिने, सहायता केन्द्रमा आधारभुत औषधी जस्तै सिटामोल, निम्स, जिंक चक्की, भिटामीन सी, भिटामीन डी लगायत आधारभुत स्वास्थ्य सामग्री मास्क, स्यानिटाईजर, ग्लोभ्स, ह्यान्डवास आदि राख्ने, होम आईसोलेसनमा रहेका व्यक्तिलाई आवश्यक परामर्श तथा पोषणयुक्त खानेकुराको जोहो गर्ने गर्ने गरिन्छ ।
साथै र उनीहरुको घरदैलोमा पुर्याउने, दीर्घकालिन रोगीहरुको आवश्यकता अनुसार स्वास्थ्य सेवा दिने तथा सम्पर्कमा आएका अशक्त व्यक्तिको प्रेस्क्रिप्सन र नगरपालिकाको सहमतिररोहबरमा घर–घरमा औषधी पुर्याउने उदेश्य रहेको अभियान्ता रुपेश विकले जानकारी दिए ।
पुनर्वास नगरपालिकालाई सँगसँगै अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम ३०० पिस, पीपीई सेट १ थान, स्यानिटाईजर ५ लिटर १ थान,डिसिफिकेन्ट सोलुसन ५ लिटर १ थान ह्यानड स्यानिटाईजर १० थान ९१२० मि।लि।, मास्क २० पिस, सर्जिकल मास्क ४०० पिस, एक्जामिनेसन ग्लोभ्स ३०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर ३ पिस, डिजिटल थर्मामिटर १ थान र थर्मगन ३ थान सहयोग गरेको छ ।
पुनर्वासका जनतालाई स्वास्थ्य समस्या परेको खण्डमा नगरपालिका सङै सहकार्य गरेको अभियानको ९८६३६४६२५७ नम्बरमा कल गरेर नगरपालिकाका स्वास्थ्यकर्मीद्रारा कोभिडका कारण स्वास्थ्य समस्या परेका जो कोहिले पनि सम्पर्क राख्न सक्ने जनाइएको छ ।

























