२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरका स्थानीय तह कोभिड अस्पताल बनाउँदै

कञ्चनपुर-  कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले यहाँका स्थानीय तहहरू धमाधम कोभिड अस्पताल निर्माणमा जुटेका छन् । गम्भीर प्रकृतिका बिरामी बढ्न थालेपछि जनप्रतिनिधिहरू अहिले कोभिड अस्पताल निर्माणमा जुटेका हुन् ।

महेन्द्रनगर बजारनजिकैको वेदकोट नगरपालिकाले अहिले १० बेडको कोभिड अस्पताल निर्माण गरिसकेको छ । छिट्टै उक्त अस्पतालको स्तरोन्नति गरी २५ बेडसम्म पुर्‍याइने नगर प्रमुख अशोककुमार चन्दले बताए ।

उनका अनुसार पछिल्लोपटक अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु हुन थालेपछि अक्सिजनसहितको अस्पताल सञ्चालन गरिन लागेको हो । अस्पताल सञ्चालनका लागि चिकित्सक सहित स्वास्थ्यकर्मी पनि भर्ना भईसकेको नगर प्रमुख चन्दले बताए ।

वेदकोट नगरपालिका क्षेत्रमा दोस्रो चरणको संकक्रणको लहर आएपछि हालसम्म ३ सय ७ जना संक्रमित भएका छन् । तीमध्ये अहिले ७० जना मात्रै सक्रिय संक्रमित छन् । उक्त नगरपालिकाका १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिकाले पनि १५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । एक महिनाअघिदेखि सञ्चालित ५ बेडको अस्पताल स्तरोन्नति गरेर १५ बेडको पुर्‍याइएको हो । ‘अहिले अक्सिजन र चिकित्सक सहितको सेवा उपलब्ध भइरहेको छ,’ शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले भने, ‘सामान्य प्रकृतिदेखि गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ ।’

शुक्लाफाँटा नगरपालिकामा हालसम्म १ सय ३५ जना संक्रमित भएका छन् । अहिले नगर क्षेत्रमा ३० सक्रिय संक्रमित छन् । हालसम्म यहाँ कोरोना संक्तमणबाट ९ जनाको मृत्यु भएको छ । नगरपालिकाले साताको दुई दिन पीसीआर परीक्षण गर्न स्वाब संकलन र एन्टिजेन परीक्षण गरिरहेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकाले पनि त्रिभुवन बस्ती स्वास्थ्य चौकीको पुरानो भवनलाई कोभिड अस्पताल बनाएको छ । १५ बेडको उक्त अस्पतालमा पनि चिकित्सक र अक्सिजन सहितको सुविधा उपलब्ध गरिएको नगर प्रमुख जीवनराज थापाले बताए ।

‘सामान्य र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई महेन्द्रनगर वा धनगढी लैजानुपर्ने बाध्यता हटेको छ,’ नगरप्रमुख थापाले भने, ‘तर हामीले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा केही समस्या भएको छ ।’

बेलौरी नगरपालिकाले पनि निजी अस्पतालसँग सहकार्य गरेर ५० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकै बेलामा नगरपालिकाले अक्सिजनसहितका सेवा सुरु गरेको हो । अहिले उक्त अस्पतालमा ३०र३५ जना संक्रमितको उपचार भइरहेको नगरप्रमुख पोतीलाल चौधरीले बताए ।

महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाले दोधारा स्वास्थ्य चौकीलाई नै कोभिड अस्पताल घोषणा गरेर संक्रमित बिरामीको उपचार भइरहेको छ । ५ वार्ड र ३ इमर्जेन्सी गरी ८ बेड मात्रै सञ्चालन गरिए पनि अहिले १५ जना संक्रमितको उपचार भइरहेको छ ।

दोधारा स्वास्थ्य चौकीका डा. गगन चौधरीका अनुसार केही दिनमै २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । सोहीअनुसार बेड खरिददेखि अक्सिजन लगायतको आपूर्ति भइरहेको उनले बताए ।

‘बिरामीको चाप धेरै छ, गम्भीर प्रकृतिका बिरामी बढी आइरहेका छन्,’ डा. चौधरीले भने, ‘अक्सिजन र जनशक्तिको अभावका कारण सेवा दिन सकिरहेका छैनौं ।’ उनका अनुसार दोधारा स्वास्थ्य चौकीमा दैनिक २५/३० जना संक्रमितहरू आउने गरेका छन् ।

No photo description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।