२०८३ असार २६ शुक्रबार
२०८३ असार २६ शुक्रबार

कैलालीको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ स्याहार केन्द्र सञ्चालन

 कैलाली- कैलालीको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश बढ्दै गइरहेको कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै कलेजमा कोभिड १९ स्याहार केन्द निमार्ण गरिएको हो ।

सुरुवाती अवस्थामा ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको कोभिड १९ स्याहार केन्द्र आईतबारदेखि सञ्चालनमा आएको गेटा मेडिकल कलेज कोभिड १९ स्याहार केन्द्रका सम्पर्क ब्यक्ती सर्मानन्द भट्टले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो आइसोलेसन सञ्चालनमा आएको हो।

१ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको थियो ।

आइसोलेसन सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख आर्थिक सहयोग र २० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको हो । यस्तै  धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाले समेत केही उपकरण र जनशक्ती खटाएको गेटा मेडिकल कलेज कोभिड १९ स्याहार केन्द्रका सम्पर्क ब्यक्ती  भट्टको भनाई छ । 

अक्सिजन सहायताबाट उपचार गरिने बिरामीहरुलाई गेटा मेडिकल कलेजमा राख्ने र आइसियु, भेन्टिलेटरको सहायता आवश्यक परे सेती तथा मालाखेती अस्पताल पठाइने जनाइएको छ ।मेडिकल कलेजमा कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा आएसगै यहाँका कोरोना संक्रमितलाई थप सहज हुने अपेक्षा गरिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।