२०८३ असार २६ शुक्रबार
२०८३ असार २६ शुक्रबार

साउनमा परीक्षा लिने त्रिविको योजना, पायक पर्ने क्याम्पसमा केन्द्र

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमणका कारण स्थगित गरिएका स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने तयारी थालेको छ ।

विद्याीृहरु १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।

पत्रपत्रिकाबाट

परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् ।

पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।

यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ ।

गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए ।

विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।

परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले स्पष्ट गर्नुभयो ।

विश्वविद्यालयले कोरोना सङ्क्रमण बढेपछि सेमेस्टर प्रणाली अध्ययन गर्ने सबै विद्यार्थीको परीक्षा भने अनलाइन माध्यमबाट लिन थालेको छ ।

सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अनलाइन माध्यममा पनि भएका कारण अनलाइनबाट परीक्षा लिन सकिएको जनाइएको छ ।

विद्यार्थी गाउँमा भएका कारण परीक्षा फाराम भर्न समस्या भएको क्याम्पस प्रमुखहरूले गुनासो गरेका बेला अनलाइनबाट परीक्षा सम्भव नहुने उहाँको भनाइ छ ।

यसको विकल्पमा विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस या आफ्नो नजिकको पायक पर्ने क्याम्पसबाट परीक्षा लिने विकल्पका बारेमा आफूहरूले सोचेको जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् । यसको छिनोफानो छिटै गरिने जनाइएको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।