२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

नयाँ संक्रमण रोकथामका लागि जनसचेतता जरुरी छ

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण सोचेभन्दा भयावह हुनुमा जनतामा सचेतनाको कमी रहेको स्पष्ट अनुभूत हुन गएको छ । संक्रमणको चाप बढ्दै गइरहेका बेला चोकहरूमा, पसलमा र चौबाटोमा स्थानीयको भिडभाडमा कमी आएको छैन । मानिस जम्मा हुने, कुराकानी गर्ने, मास्क लगाए पनि दूरी कायम नगर्ने र कतै त मास्कै नलगाएर सार्वजनिक स्थानमा भेला र भीडभड हुने क्रम जारी छ ।

यसले जनतामा हुनुपर्ने आवश्यक सचेततामा निकै कमी रहेको वा लापर्बाही रहेको अनुभूत गराइरहेको छ । कोरोना महामारी संक्रमणले आम रूप धारणा गर्दा सचेत हुनुपर्ने वर्ग नै आमजनसमुदाय हो । तर, यही वर्गले महामारी रोकथामका प्राथमिक कुराको उपेक्षा गरिदिँदा संक्रमणले भयावह रूप धारण गर्न पुगेको छ ।

रोकथामका प्राथमिक उपाय मात्र पनि अवलम्बन गरिदिँदा यसले संक्रमण भयावह हुनबाट जोगाउने थियो । तर, अपेक्षा गरिएअनुरूप जनस्तरबाट यो पूरा हुन सकेन । जनता आफैंले या त महामारी रोक्नै सकिन्न भन्ने सोच्न थाल्ने या त मलाई सर्दैन भन्ने भ्रम पाल्ने सोचले गर्दा यसले देशव्यापी संकट निम्त्याएको छ ।

जनताले सचेत भएर रोकथामका उपाय मात्र व्यावहारिक रूपमा कार्यान्वयन गरिदिँदा महामारीको ५० प्रतिशत बढी नकारात्मक प्रभावलाई रोक्न सकिने थियो । तर, जनता नै अटेरी र मनखुसी गर्ने मानसिकतामा रहिदिँदा महामारीले व्यापकता लिने क्रममा जानी नजानी सहजीकरण हुन गएको छ । सरकारले सचेतता अपनाउन प्रचार गरिरहने जनताले त्यसलाई सुनेको नसुनेझंै गरिदिने र कतिपय अवस्थामा सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, भीडभाडमा सामेल नहुन, लक्षण देखापरिसकेपछि तुरुन्त पीसीआर परीक्षण गर्न अटेरी गरिदिने गरेकाले पनि समस्या निदान र निराकरण हुनुभन्दा भित्रभित्र फैलन गएको हो । जनता नै सबै कुरा हुन् भन्ने त होइन ।

तर, जनता भनेका मुख्य कुरा चाहिँ हुन् । महामारी नियन्त्रणमा अन्य सहायक कुराहरूमा उपचार, अस्पताल, औषधि, अक्सिजन आदि हुन् । यसबारेमा जनस्वास्थ्यसँग सम्बन्धित सबै पक्ष उत्तिकै सजग, सतर्क र क्रियाशील हुनु जरुरी छ ।

प्राथमिक रोकथामबाट धेरै कुरा रोक्न सकियो भने उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस भन्ने कुरा व्यवहार तहः सिद्ध हुन जानेछ । महामारी फैलने मूल बाटो नै यसरी बन्द गर्न सकियो भने बाँकी रहेका छिद्र र वरपरबाट प्रवेश गरेका संक्रमण रोक्न सकिनेछ ।

जनताले यी सबै कुरा मनन गरी रोकथामका उपाय अपनाइदिएपछि महामारी संक्रमणका बाँकी कुरा अस्पतालमा उपचार गरेर निको पार्न सकिन्छ । महामारी नियन्त्रणमा यसअर्थमा जनताको भूमिका क्रियात्मक, सहभागितामूलक र रचनात्मक हुनु जरुरी छ । यी भूमिकाको वर्तमान अवस्थामा अपेक्षा पनि गरिएको छ ।

त्यसैले अनावश्यक भीडभाड गर्ने, मेला पर्व र जात्रामा सहभागी हुने, पसल होटेलहरूमा भिड जम्मा हुने, मास्क लगाउन र दूरी कायम गर्न बेवास्ता गर्ने आदि कुराहरूमा जनताले गम्भीर ध्यान पु¥याउन जरुरी छ ।

एक हातले मात्र ताली बज्दैन । सरकार र जनस्वास्थ्यसम्बन्धी निकायले सकेजति काम गरिरहेको देखिएको छ । यसमा जनताको सचेतनापूर्ण सहभागिताको खाँचो जरुरी छ । जनस्वास्थ्यको यो मूल चरित्र बचाउन जनताले हातेमालो गर्न हिचकिचाउनु हुँदैन ।राजधानी दैनिकबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।