२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

१० हजार विद्यार्थीलाई एकै ठाउँमा जोड्दै भर्चुअल फिस्टा

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीको समयलाई उत्पादनशील बनाउने उद्देश्यका साथ ‘ईसेवा भर्चुअल फिस्टा’ सुरू भएकाे छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करिब १० हजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

भर्चुअल फिस्टामा स्नातक तथा स्नातकोत्तरसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । यस कार्यक्रममा विभिन्न कार्यशाला तथा अन्तर्क्रियाका सत्र सञ्चालन हुनेछन् ।

कार्यक्रमले विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्न कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्ने र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्ने तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ ।

यसबाट विद्यार्थीका लागि व्यक्तिगत व्यावसायिक दृष्टिकोणबाट अवसरहरू सिकाउन तथा युवाहरुले व्यवसाय स्थापना गर्नको लागि अवसर तथा प्रशिक्षण प्रदान गर्नेछ ।

ईसेवाको मुख्य प्रायोजनमा फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको कार्यक्रममा वित्तीय साक्षरता, महामारीको समयका अग्रभागमा रहेर काम गर्नेलाई सम्मान, शेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिङ प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् ।

जेठ ७ गते शुक्रबारदेखि सुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । यस कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।