२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

बादललाई हराएका देवकोटा भन्छन्– उम्मेद्वार फिर्ता लिन थर्काए

काठमाडाैं- राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेद्वारबाट फिर्ता हुन धेरै जनाले आफूलाई धम्क्याएको खिमलाल देवकोटाले बताएका छन्।

सत्तारुढ दलप्रति संकेत गर्दै देवकोटाले भने,‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ‘व्याक’ हुन धेरै जनाले फकाए/थर्काए। समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला।’ केही व्यक्तिले आवाज रेकर्ड नै गरेको भनी समेत धम्क्याएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

एमालेले उठाएका रामबहादुर थापा ‘बादल’को विरुद्ध विपक्षी दलको गठबन्धनबाट देवकोटा उम्मेदवार बनेका थिए। उम्मेदवारी फिर्ता गर्न दबाब आइरहेपनि अडिग रहेको उनले बताए। ‘विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो। हामी कलंकित हुने थियौं,’ देवकोटा लेख्छन्।भागेर, लुकेर, जालसाझी गरेर केही समय टिक्न मात्रै सकिने उनले भनाइ छ।

जेठ ६ मा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा देवकोटाले कांग्रेस, माओवादी केन्द्र, एमाले (माधव पक्ष),जसपालगायतको साथबाट निर्वाचन जितेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।