२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

असारे झरिमा बिकास निर्माणका कामहरु सुरुवात : उपभोक्ता समितिहरुको मनपरि

 कपिल देब भट्ट/दार्चुला:- नेपालमा असारे झरिमा बिकास निर्माणका काम गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन।आर्थिक बर्षमा बजेट छुट्टाइ आर्थिक बर्ष सकिन लाग्दा बिकास निर्माणका कामहरू सुरुवात हुदा एउटै काममा बर्षै पिच्छे बजेट छुट्टिने गरेको छ।जसले गर्दा नागरिकले तिरेको कर दुरुपयोग हुने गरेको छ।

उपभोक्ता समितिहरुले नागरिकलाई जानकारीनै नगराइ उपभोक्ता समिति गठन गर्ने,बजेट बाडफाड गर्दा पारदर्शी ढंगले नगरेको,उपभोक्ता समितिमा सरकारमा रहेकाहरुका निकट आफ्न्तहरु राखेको,जानकारी नै नगराइ अशिक्षित ब्यक्तीको दस्तखत गराइ लगेको,उपभोक्ता समितिले आफ्नो मनपरिले काम गरेको,ज्याला कम दिएको, उपभोक्ता समितिमा कोको रहेका छन भनी समेत जानकारी नगराउने गरेको ,काम सुरु भैसक्दा समेत स्थानीय नागरिकलाइ जानकारी नै नगराउने गरेको नागरिकहरुले बिगत देखिनै गुनासो गर्दै आइरहेका छन।

उपभोक्ता समितिका यस्ता लापरबाहीको अनुगमन मुल्यांकन र कारवाही गरिएको भन्ने बिरलै सुनिन्छ।अब यस्ता समस्या कसले सुन्ने कहिले सुन्ने प्रश्न नागरिकका रहेका हुन्छन। सरोकारवालाले उपभोक्ता समितिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने नागरिकहरुको भनाइ रहेको छ।

नागरिकले पनि प्रतेक टोलटोलमा यदि त्यस्तो गरिएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन जरुरी छ।यसतर्फ समयमै सबैले ध्यानदिन जरुरी देखिन्छ।लापरबाही गर्ने उपभोक्ता समितिलाई कडा भन्दा कडा कारवाही गर्न जरुरी छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।