बझाङ, ८ जेठ । बझाङमा यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ बर्षिया बालिका कविता बोहराको बाउली खोलामा बगेर मृत्यु भएको हो । लेकबाट घर फर्किने क्रममा बालिका शुक्रबार दिउसो ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा बगेकी बताइएको छ ।



उनको शव शनिबार विहान झण्डै एक किलोमिटर तल धौलीपैरी भन्ने ठाँउमा फेला परेको उनका आफन्तले जानकारी दिए । लगातार बर्षा संगै यार्सा संकलन गर्ने ठाँउमा हिमपात भएपछि उनिहरु घर फर्कीएका थिए ।
Views: 181

























