२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

काठमाडौँ,६ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार पुगेर सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कांग्रेसले नेपालमा दोस्रो चरणको महामारी आउनुमा सरकारको कमजोरी औल्याएको छ । महामारीको खतरा देखिदा पनि सरकारले भीडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरु गरिरहँदा संक्रमण द्रुत गतिमा बढेको आरोप कांग्रेसले लगाएको छ । ‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट संक्रमण नभएका क्षेत्रहरुमा  चाँडो संक्रमण फैलदो छ’, कांग्रेसको निष्कर्ष छ ।

कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न स्वास्थ्य सामग्री, पीसीआर परीक्षण लगायतको विशेष व्यवस्था गर्न कांग्रेसले विभिन्न सुझाव दिएको छ । कांग्रेसले तेस्रो चरणको संक्रमणबारे समेत सचेत गराएको छ । तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको सुनिश्चितता गर्न कांग्रेसले माग राखेको छ । त्यसका लागि कुटनीतिक पहल लिन पनि सरकारलाई सुझाव दिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।