२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org  मा बिहीबार सार्वजनिक गरेको हो।

शुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको हो।
 
सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा info@nepalicongress.org ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव रिजालले बताए।
 
साथै डा प्रदीप पराजुली ९८५१०४४०६५, केशव रिजाल ९८५११२९०७८ र रामचन्द्र घिमिरे ९८५११२४१९८ लाई पनि जानकारी गराउन सकिने पार्टी कार्यालयले जनाएको छ। सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुनेछ। कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।