गरिब जनता एम्बुलेन्स नपाएर ट्याक्टर मा अस्पताल धाइरहदा सरकार सत्ताको मोहमा डुबेको देखिन्छ। सत्ताको चरम आनन्द लिन सरकार ढाल्ने र ठडाउने प्रपन्च गरिरहदा ५ मिनेटमा २ जाना अक्सिजन नपाएर मर्दै छन।



तिमीहरूलाइ सत्ताको यति धेरै माया भयो कि जस्ले चुनाव जिताएर पठाए उसैको लागि अक्सिजन व्यवस्था गर्न सकेनौ। कोरना को दोस्रो लहरबाट राष्ट्र आक्रान्त भइरदा सरकारको गैरजिम्मेवार पना र शिर्ष राजनेताहरु सत्ताशिन मोहका कारण जनताहरू ले काहालिलाग्दा दिनहरू बिताइरहेका छन। अन्य राष्ट्रका सरकारहरू कोरना रोकथाम तथा नियन्त्रण लागिरहदा नेपाल मात्र त्यस्तो देश होला।
जहाँ जनता को भाग्य भबिष्य र स्वास्थ्य संकटलाइ नजरअन्दाज गरि सरकार टिकाउने खेल खेल्दै छ। छिमेकी राष्ट्रहरूका प्रतिपक्षहरु कोरनामा खेलाची नगर। भनेर सरकारलाई जुरमुर्याइरहदा याहाँ त सरकारको बिकल्प खोज्दै जादै छन।
पहिला आफ्ना मतदाता बचाउनु अनि तिमिहरुका सत्ताका बागडोर सम्हाल्न जानू होला। कोरनाको कहर दिनप्रतिदिन बढ्दै जदा देशमा अशिष्ट खेलको पराकाष्ठा हुनु भन्दा ठुलो धोका के छ र जनता लाइ। सरकार विमारी लाइ अक्सिजन चाहिएको हो।
विश्वासको मत पछि दिउला तिम्रो उदासीनता पछि शान्त पार्नु जो बेडमा अस्वस्थ छ उस्को वाच्ने आशा दिलाइ दियोस्। आफन्त का बैचन चेहराहरू लाइ शान्त पार्न केहि गरिदियोस। यहि चाहन्छन जनता। सरकार भएको आभास भएन सरकार!!! जनक जाेशी ( गन्यापधुरा , डडेल्धुरा )

























