२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो ,आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ? जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आफुलाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बताएकी छन् । आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसकेको बताएकी छन् ।

उनले सकेसम्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण विवाह पनि ढिलो गर्ने सोच बनाएको बताएकी छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवाहको बारेमा सोच्न सक्दिन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।