२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले आफुले चढ्ने गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफुले चढ्ने गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्नेघोषणा गर्नु भएको छ । संसार भर महामारीको रुपमा फैलिरहेको कोरोनाको दोस्रो लहरका बेला बिरामीलाई उपचारका लागी अस्पताल सम्म लैजान उहाले आफुले चढ्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको स्कारपियोलाई एम्बुलेन्स रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो ।
देशैभरी कोरोनाको महामारी फैलिरहेको अवस्थामा अस्पताल तथा स्थानिय तहहरु संग हुने एम्बुलेन्स अभावलाई मध्यनजर गर्दै कोभिड बाहेका बिरामीलाई बोक्ने उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मौखिक रुपमा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घोषणा गर्नु भएको छ ।
जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी जोशीले आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा आफुले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो ।प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशिले गरेको कार्यको चौतर्फी प्रशंसा भैरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।