दिपक राज भट्ट (डडेल्धुरा )- डडेल्धुरामा सात स्थानिय तहहरु रहेका छन् । देशमा काेराेना महामारी बढेपछि डडेल्धुरा सदरमुकाममा भने लकडाउनु जारि गरेकाे छ ।
डडेल्धुरा सदरमुकाममा पछिल्लो समयमा काेराेना पाेजेटिभका केसहरु बढि देखिन थालेका छन् । महामारी नियन्त्रण का लागि अजयमेरु सरकारले १० वेडकाे अाईसाेलेसन जनशक्ति सहित तयार अवस्थामा राखेकाे छ भने स्वयं गाउँपालिका अध्यक्ष ले प्रयाेग गर्दै अाएकाे ३६२ नम्बरकाे गाडि लाई ऐम्वुलेन्स का लागि तयार पारिएकाे छ चने गाउँपालिकाकाे टेक्टर लाई सव वहान का लागि तयार पारिएकाे र याे निर्णय नै गरिएकाे गाउँपालिका अध्यक्ष उमेश भट्ट ( विकास) ले खबरदारि न्युज लाई जानकारि दिनुभयाे ।
गाउँपालिकामा कसैलाई अफ्ट्यारो परेमा हामी लाई फा्न गर्नुस अध्यक्ष भट्ट भन्छन् हामी जनताका निर्वाचन जनप्रतिनिधि हाैं हामीले जनताकाे सुरक्षाकाे ग्यारेन्टि लिनुपर्छ । यदि कसै लाई समस्या परेमा म लगायत उपाध्यक्ष ,वडा अध्यक्ष ,प्रमुख जाे सुकै लाई फाेन गरेर जानकारि गराउनु सक्नुहुन्छ ।
यस्तै गाउपालिकाले स्वाव संकलन वडा मै गर्ने व्यवस्थापन गरेकाे छ ।
अाफुले प्रयाेग गर्दै अाएकाे गाडि लाई ऐम्वुलेन्स बनाउने डडेल्धुराका अजयमेरु र अमरगढि नगरपालिका हुन् ।
अहिले सातै स्थानीय तहले उसाे त ऐम्वुलेन्स खरिद गरिसकेको छ ।




























