२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने सीसीएमसीको निर्णय

धनगढी, १९ बैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको छ । सिंह दरवारमा आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजको निर्माण सम्पन्न भएको मुख्य भवनलाई आईसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएको हो ।

कैलालीको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सीसीएमसीको आज बसेको बैठकले गेटा मेडिकल कलेजको मुख्य भवनलाई आईसोलेसन बनाउन निर्देशन दिएको पश्चिम टुडेलाई जानकारी दिए । सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र को मातहतमा रहने गरी सञ्चालन गरिने आईसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा दुई दिन अघि शिक्षा मन्त्रालयले गेटा मेडिकललाई आईसोलेसन सञ्चालनका लागि अनुमती दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयको उक्त निर्णयपछि आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्देशन दिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।