नेपालमा थप पाँच हजार ७०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ ।



देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना निको भएका छन् । योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ ।हाल देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
No photo description available.
Views: 380

























