जय ऎर /कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकाका ६जना कर्मचारीमा काेराेना संक्रमणको पुष्टि भएकाे छ।मंगलवार नगरपालिकाका कर्मचारीमा काेराेना परिक्षण गर्दा स्वास्थ्यकर्मी सहित ६जनामा काेराेना संक्रमणको पुष्टि भएकाे हाे।यश अघि पिपलाडि स्वास्थ्यचाेकिमा काेराेना परिक्षण गर्दा १६ जना नागरिकमा संक्रमणकाे पुष्टि भईसकेकाे स्वास्थ्य शाखा झलारिले जानकारि दिएकाे छ।



काेभिड१९काे नयाँ भेरियन्टकाे संक्रमण शुक्लाफाँटाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी,नगरका कर्मचारी संगै आम नागरिकमा समेत फैलिई सकेकाले यसले नगरवासिमा भयावह रूप लिन नदिन काेराेनाकाे राेकथामका लागि मंगलवार नगरपालिकाले सराेकारवाला निकायविच सुरक्षा गाेष्टि सम्पन्न गरेकाे छ।काेभिड१९ काे संक्रमण वाट नगरवासिलाई जाेगाउन विभिन्न जनचेतनामूलक अभियान मार्फत आम नागरिकलाई सचेत पारिने,नागरिकलाई स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन संगै नेपाल सरकारले जारि गरेकाे नियम कार्यान्वयन गर्न सराेकारवाला निकायले आ-आफ्नो क्षेत्रवाट समुन्वय गरि अगाडि वढ्ने सुरक्षा गाेष्टिमा सराेकारवाला निकायले ऐक्यबद्धता जनाएका हुन्।
मंगलवार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरकाे अध्यक्षतामा वसेकाे सुरक्षा सम्वन्धि गाेष्टिले काेभिडकाे न्युनिकरण र राेकथामका संगै अनुगमन र सहजिकरणका लागि प्रमुख प्रशासकीय अधिकृतकाे संयोजकत्वमा सुशासन समिति संयाेजक सदस्य,स्थानिय सुरक्षा निकायका प्रमुख सदस्य,स्थानिय उवासंघका अध्यक्ष,स्थानिय रेडक्रस सभापति,स्थानीय पत्रकार,स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने गरि समिति गठन गरिएकाेछ।सुरक्षा गाेष्टिमा सम्बोधन गर्दै नगर प्रमुख दिल वहादुर ऐरले काेभिडकाे संक्रमण तीब्र गतिमा फैलिई रहेकाे अवस्थामा साेकाे राेकथाम नियन्त्रणमा जुट्न सराेकारवाला निकाय,विभिन्न सामाजिक संघसंस्था ,सम्पुर्ण नगरवासिकाे सकारात्मक साथ सहयाेग सहकार्य जरूरि रहेकाे वताए।याे काेभिड महामारीको वेला मानव स्वास्थ्य उच्च जाेखिममा रहेकाले सवैले स्वास्थ्यसुरक्षाका मापदण्ड अपनायर काेभिड१९ काे नयाँ भेरियन्ट वाट जाेगिन साथ सहयाेग गर्न सम्पुर्ण नगरवासिलाई नगर प्रमुख ऐरले आग्रह गरे।उनले नगरवासिकाे स्वास्थ्यसुरक्षा स्थानिय सरकारकाे पहिलाे प्राथमिकता पर्ने भन्दै काेभिडकाे संक्रमण लाई ध्यानमा राख्दै नगरपालिकाले काेभिड अस्पताल पिपलाडिमा अक्सिजन सहितकाे वेड,गुणस्तरीय औषधि सहितका उपकरण,स्वास्थ्य सामाग्रीको व्यवस्था,एम्बुलेन्स सेवा संचालनमा ल्याउन लागेकाे नगर प्रमुख ऐरले जानकारि दिए।काेभिडकाे संक्रमण जाेसुकै लाई पनि हुन सक्ने हुदा नेपाल सरकार,जिल्ला प्रशासन कार्यालय कंचनपुर वाट जारि भएकाे आदेशको पालना गराउन सराेकारवाला निकायविच समुन्वय गरि अगाडि वढ्नु पर्ने वताए।

























