बझाङ- बझाङको कालंगा नदीमा एक जना पुरुष मृत अबस्थामा भेटिए बझाङ । बझाङको कलंगा नदीमा एक जना पुरुष मृत फेला परेको छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नं ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावरको स्टेशन नजिकै कालंगा नदीको विचमा अन्दाजी ४५ बर्ष उमेरका पुरुषको शव अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शवको पहिचान नभएकाले पहिचानको लागी बुंगल नगरपालिका वडा नं १० का एक जना र बैतडीका एक जना केही दिनदेखि हराएकाले भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय घटनास्थल आउन लागेको निरिक्षक कार्कीले बताए । स्थानीय आउने भएपछि जिल्ला अस्पताल ल्याउन लागिएको शव बाग्थलामा राखिएको छ । शव हत्या गरिएको हो या आत्म हत्या हो भन्ने बारे पोष्टमार्टमपछि थाहा हुने प्रहरीले जनाएकाे छ । भने शवको पहिचान खुल्ने वित्तिकै पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकेन्द्र कार्कीले बताए ।




























