कञ्चनपुर- कञ्चनपुरको महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार गरिएको परिक्षणमा ५ जना प्रशासनमा कार्यरत कर्मचारी, ४ जना अप्तालमा कार्यरत स्टाफ नर्स, र ४ जना कार्यालय सहयोगीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।



पछिल्लो समय संक्रमितको संख्या कञ्चनपुरमा दिनानुदिन बढदैै गएको अवस्थामा अस्पतालमा काम गर्ने चिकित्सक तथा प्रशासन फाँटका केही कर्मचारीमा कोरोना पुष्टि भएको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरले जानकारी दिएका छन् ।
अहिले ५ जनालाई आईसोलेसनमा र बाँकीलाई होम आईसोलेसनमा बस्ने गरि पठाईएको अध्यक्ष जोशीले बताए ।
Views: 175

























